Words from people who excelled...

Poetic Interview of Dr Anil Regmi with Online PG Nepal

Dr Anil Regmi

INICET MD/MS Entrance-2021 Jan session

(Rank 20-Foreign)

MBBS: NGMC, Nepalgunj

OPN: Who would you like to share your credit of success with?

Dr Anil :

निराशामा हौसला संगै मिठामिठा बात दिनेहरुलाई।

लड्न लाग्दा प्रेरणा संगै समाउने हात दिनेहरूलाई।

धन्यवाद संगै यसको श्रेय उहाँहरुलाई दिन चाहन्छु,

यस यात्रामा सल्लाह, सुझाव, सहयोग अनि साथ दिनेहरुलाई।

 

OPN: Please share your brief story after internship till the PG success day.

Dr Anil:

आफुलाई आफै बुझिन्छ,मनको कुरा मान्न सक्नुपर्छ।

समयसापेक्ष प्राथमिकता के हुन् सबै जान्न सक्नुपर्छ।

अतित हेरेर वर्तमानमा कसैसँग दाँज्नु मुर्खता हुनसक्छ,

गन्तव्य तोकेर आफ्नो लक्ष्य अनुसार बाटो छान्न सक्नुपर्छ।

  

OPN: 1 month before exam, what shall students focus on?

Dr Anil:

आफ्नो मनको नसुनी अरुको सल्लाह टेर्न भन्दा बरु।

तयारी अस्थिर भएर बारम्बार किताब फेर्न भन्दा बरु।

जति समय भएपनि एउटै स्रोत धेरैचोटी पढेको राम्रो,

अलिअलि गर्दै सतही रूपमा धेरै स्रोत हेर्न भन्दा बरु।

 

OPN: What are the books and other resources you used for entrance preparation?

Dr Anil:

कहिल्यै पनि ढिलो भएको हुँदैन है अघि बढ्नको लागी।

आफुलाई कमजोर नसोच्नु प्रतिस्पर्धामा लड्नको लागी।

आफ्नो गन्तव्य अनुसार तयारी चाहिँ सामान्य गर्नुपर्छ,

रोम्स,सरद,मुदित,फर्स्ट एड,पास्ट क्वेसन नै हुन् पढ्नको लागी।

 

OPN: How can aspirants parallel their PG preparation and job together?

Dr Anil:

समयलाई चिनेर खुशी छर्दै पढेको राम्रो,सकिन्छ भने त।

खर्च धान्ने गरि खल्ती भर्दै पढेको राम्रो,सकिन्छ भने त।

पढ्नकै निम्ति बेरोजगार बस्दा उदेकलाग्दो हुन्छ जिबन,

आंशिक भएपनि जागिर गर्दै पढेको राम्रो,सकिन्छ भने त।

 

OPN: How can an aspirant prepare smart to excel competitive exams? Any tips about reading habit, memorizing and practicing technique?

Dr Anil:

एक्लै गाह्रो हुन्छ,सबै मिलेर अगाडि बढ्नुपर्छ सँगसँगै।

एकाअर्कालाई साथ दिदैँ खुड्किला चढ्नुपर्छ सँगसँगै।

एक्लै पढ्दा कति पढेँ, कहाँ पुगेँ केहि हेक्का नै रहदैँन,

लक्ष्य जे होस्,गन्तव्य बरु एउटै राखेर पढ्नुपर्छ सँगसँगै।

 

OPN: Anything you would like to share more?

Dr Anil:

मेहनत गरे त भाग्य मै नभएको पनि केर्छन् भगवान्ले।

गल्ती नै गरेछु कि भनेर जिबनरेखा फेर्छन् भगवान्ले।

हामी आफ्नो तर्फबाट शतप्रतिशत नै दिएर लाग्नुपर्छ,

परिश्रममा सम्झौता नगरौं,प्रतिफलमा हेर्छन् भगवान्ले।

 

OPN: How can we cope with those tough time during preparation phase?

Dr Anil:

तातै खाऔं,जल्दै मरौं झैं बिषय छान्न सम्झौता गरेरै तात्तिनु हुँदैन।

प्रतिस्पर्धात्मक परिक्षामा एकचोटि राम्रो हुँदैमा पनि मात्तिनु हुँदैन।

आज नभए भोलि मेहनत अनुसारको प्रतिफल त अवश्य मिल्छ नै,

उतारचढाव भने आउछन् तर स्थिर रहनुपर्छ, कहिल्यै आत्तिनु हुँदैन।

 

OPN: You ranked always high in our regular Model Tests. How much helpful wan Online PG Nepal services to you?

Dr Anil:

यात्रामा प्रत्यक्ष सहयोग गरेर आज यो स्थानमा टेकाएकोमा।

निरुत्साहमा पनि हौसला दिदै चिस्सिएको मन सेकाएकोमा।

अन्त्यमा,यात्राको सहयात्री 'अनलाइन पिजि'लाई धन्यवाद!

गुरुको भुमिका निभाएर मार्गदर्शन गर्दै बाटो देखाएकोमा।

 

OPN: What advice would you like to give to future PG aspirants?

Dr Anil:

आफुले चाहेकै बिषय छनोटमा पर्नु,शुभकामना सबैमा।

मेहनत खेर जाँदैन भन्ने सन्देश छर्नु,शुभकामना सबैमा।

परिश्रम गरेपछि प्रतिफल त एकदिन अवश्य मिल्छ नै,

हतोत्साहित नभई राम्रो तयारी गर्नु,शुभकामना सबैमा।

 

OPN: Thank you for your precious time. Congratulations once again.

Dr Anil:

हौसला दिँदै,नाम निकाल्ने अचुक मन्त्र पिलाउनु भएकोमा।

माहोल सहजीकरण गर्दै यो बाताबरण मिलाउनु भएकोमा।

मेरो यात्राको सहयात्री अनलाइन पिजिलाई पुनः धन्यवाद!

खुशी साट्दै,आफ्नो कुरा राख्ने अवसर दिलाउनु भएकोमा।

Social media links:

  • Facebook Social Icon
  • Facebook Social Icon
  • Instagram Social Icon
  • Facebook Social Icon
  • Facebook Social Icon

Any queries, message us:

Viber number: 9801114177

Add our number in Phone Contact List, and Message us "Hello" in this Viber number. You can contact us directly through Viber.

Online PG Nepal is Medical wing of Bright Future Nepal.

© Bright Future Nepal 2020

9801114177